पश्चिमी क्षेत्रमा मेघगर्जनसहित हल्का पानी पर्ने

काठमाडौँ।  पश्चिमी भेगका एक–दुई स्थानमा आज हल्का पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार स्थानीय वायुको प्रभावका कारण पश्चिम क्षेत्रमा मेघ गर्जन सहित हल्का पानी पर्ने जानकारी दिए। आज देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ उपत्यकाको मौसम दिनभर सफा रहनेछ। उपत्यकाको न्युनतम तापक्रम आज विहान ९ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर २५ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।

अन्य सम्बन्धित समाचार:  सभामुख सापकोटासँग छलफल नै नगरी संसद अधिवेशन अन्त्य