इस्पानियोलका ६ खेलाडीलाई कोरोना सङ्क्रमण

काठमाडौँ। स्पेनिस क्लब इस्पानियोलका ६ जना खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। त्यस्तै कोचिङ स्टाफ पनि कोरोना भाइरसबाट सङ्क्रमित भएको रिपोर्टमा उल्लेख छ। केही दिन अगाडि भ्यालेन्सियाका ३५ प्रतिशत खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएको खबर बाहिरिएको थियो।

भ्यालेन्सियाका मुख्य ६ जना खेलाडी भाइरसबाट सङ्क्रमित भएको र उनीहरूको उपचार भइराखेको बताइएको छ। इस्पानियोलले मार्च १३ देखि क्लबका सबै काम स्थगित गरेको छ।

त्यस्तै केही खेलाडीहरू घरमा नै आइसोलेसनमा रहेका छन् भने केहीले हस्पिटलमा उपचार गराइरहेका बताइएको छ।

अन्य सम्बन्धित समाचार:  देशभर थप ९ सय जनामा कोरोना संक्रमण पुष्टि