कोरोना विरुद्धको लडाइमा दीपिकाले मागिन कोहली र रोनाल्डोको साथ

काठमाडौँ। चर्चित बलिउड अभिनेत्री दीपिका पादुकोणले विश्वव्यापी महामारीको रूप फैलिएको नोबल कोरोना भाइरसको सङ्क्रमण विरुद्धको लडाइमा उत्रेकी छिन्। साथै उनले यस लडाइमा साथ दिन भारतीय क्रिकेटर विराट कोहली र विश्व चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोलाई आह्वान गरेकी छिन्।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) चलाएको (सेफ ह्‍यान्ड) सरसफाइ सचेतना अभियानमा सहभागी हुँदै दीपिकाले कोहली र रोनाल्डोलाई सचेतना अभियानमा जोडिन आग्रह गरेकी हुन्।

दीपिकाले कोरोना सङ्क्रमणबाट बच्न साबुन पानीले मिचिमिची हात धुन सिकाइरहेकी छिन्। साथै यो अभियानमा सहभागी हुन कोहली, रोनाल्डोका साथै टेनिस खेलाडी रोजर फेडरलाई पनि अपिल गरेकी छिन्।

(सेफ ह्‍यान्ड) सरसफाइ सचेतना अभियानमा अर्की अभिनेत्री अनुष्का शर्मा पनि सहभागी भएकी छिन्।

अन्य सम्बन्धित समाचार:  कोरोना सङ्क्रमणबाट स्टाफ नर्ससहित दुईको मृत्यु