चीन सरकारले अमेरिकी पत्रकारलाई देश निकाला गर्ने 

काठमाडौँ। चीन सरकारले अमेरिकी पत्रकारलाई देशबाट निकाल्ने निर्णय गरेको छ। अमेरिकी पत्रकारहरूलाई दिइएको अनुमतिपत्र १० दिनभित्र फिर्ता गर्न निर्देशन दिइएको छ।

कोरोना भाइरसका कारण चीन र अमेरिकाको विवाद बढेपछि चीन सरकारले अमेरिकी पत्रकारहरूलाई देशबाट निकाल्ने निर्णय गरेको हो। हङकङ र मकाउ सहित चीनको मुख्य भूमिबाट अमेरिकी पत्रकारलाई हटाउने चीनले निर्णय गरेको छ।

ती पत्रकारहरूलाई सन् २०२० सम्म बस्ने अनुमतिपत्र दिइएको थियो। चीनले न्यूयोर्क टाइम्स, वाशिङटन पोष्ट र वाल स्ट्रिट जर्नलका पत्रकारलाई फिर्ता हुन निर्देशन दिएको छ।

अन्य सम्बन्धित समाचार:  कक्षा १० को परीक्षा रद्द, १२ को परीक्षा स्थगित