रानीले लगाइन यौन दुराचारको आरोप

काठमाडौँ। नेपाली काङ्ग्रेसकी नेतृ तथा पूर्व उपसभामुख चित्रलेखा यादव र उनका पति श्रीकृष्ण यादवविरुद्ध बुहारी रानीले गम्भीर आरोप लगाएकी छन्। आफ्नो पति अमेरिकामा रहेको मौका छोपेर चित्रलेखाकै सहमतिमा ससुरा श्रीकृष्णले आफूलाई यौन हिंसा गरेको आरोप रानीले लगाएकी हुन्।

रानीले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत यो आरोप बाहिर ल्याएकी हुन्। रानीको आरोपमा पाँच वर्षयता आफू ससुराबाट यौनहिंसामा परेको र यो घटनामा चित्रलेखा समेतको सहमति रहेको उल्लेख छ।

‘मेरो श्रीमान कहिले आउँछ भन्ने प्रश्न गर्दा तिमीलाई मेरो छोराले फिजिकल स्याटिसफ्याक्सन दिन सक्दैन, म दिन्छु भन्ने ससुराबाउ कुन दर्जाको होला ?’ रानीले लेखेकी छन्। यातनाका कारण आफूले कुनै नराम्रो कदम चाले त्यसको जिम्मेवार चित्रलेखा यादवको सम्पूर्ण परिवार हुने पनि जनाएकी छन्।

अन्य सम्बन्धित समाचार:  ७१ रोपनी क्षेत्रफलमा लगाइएको अफिम नष्ट

उनले लेखेकी छन्। ‘अपराधी डाक्टर श्रीकृष्ण यादव हो।  मेरो ठूलो गल्ती एउटै हो कि, मैले उनीहरूको इज्जतको ख्याल गरें।  मैले सम्बन्धित निकायमा जानकारी दिइनँ।  तर मसँग सबै प्रमाण छन्।’

रानीका श्रीमान लामो समयदेखि अमेरिकामा छन्।  सिरहाको लहानमा दरबार होटलसमेत सञ्चालन गरेको यादव परिवारमा उक्त होटलको स्वामित्वमा विवादसमेत रहँदै आएको छ।  परिवारका केही सदस्यले रानीले लगाएको आरोपका पछाडि होटलको स्वामित्व विवाद कारण हुन सक्ने बताए पनि तथ्य दिन सकेका छैनन्।

श्रीकृष्ण र वीरेन्द्र साहले मिलेर करिब तीन वर्षअघि दरबार होटल सञ्चालनमा ल्याएका थिए। त्यतिबेला श्रीकृष्णको २५ र साहको ७५ प्रतिशत लगानी थियो।  बुहारी रानीले अहिले त्यही लहानको दरबार होटलमै पटक पटक ससुरा श्रीकृष्णबाट यौन दुर्व्यवहार भएको आरोप लगाएका छन्। चित्रलेखा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषद्‌मा शिक्षामन्त्री थिए।