नेपालसहित दक्षिण एसियाली मुलुकलाई उच्च सतर्कता अपनाउन डब्लुएचओको आग्रह

काठमाडौँ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाल, भारत, श्रीलंका, भुटान बांग्लादेशसहित दक्षिण पूर्वी एसियाका सबै मुलुकहरुलाई कोभिड–१९ सम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

यो क्षेत्रमा कोरोना संक्रमितहरुको सङ्ख्या अन्य प्रभावित मुलुक जति नभए पनि तिव्र रुपमा बढ्न सक्ने डब्लुएचओले जनाएको हो।
त्यसैले कोभिड–१९ विरुद्ध यी सबै मुलुकले आक्रामक तरिका अपनाइ पूर्ण तयार रहन भनिएको हो।

दक्षिण पूर्वी एसियामा डब्लुएचओकी क्षेत्रीय निर्देषक डाक्टर पूनम खेत्रपाल सिंङले भनेकी छन्, “त्यहाँको अवस्थामा लगातार परिवर्तन आइरहेको छ। त्यसैले हामीले अझ धेरै मानिसहरु संक्रमित हुनबाट जोगाउन तत्कालै सबै प्रयास जारी गर्नुपर्छ। ” हाल दक्षिणपूर्वी एसियाका ११ मध्ये आठवटा देशमा कोरोना संक्रमण फैलिसकेको छ।

अन्य सम्बन्धित समाचार:  प्यूठान जिप दुर्घटना (अपडेट)— मृतककाे संख्या ५ पुग्यो

यसमा आपत्कालीन प्रणाली अपनाइ संक्रमण फैीलसकेपछि भीड बढ्न नदिन स्वास्थ्य सेवा र अस्पतालहरु विस्तार गर्नुपर्ने डब्लुएचओले बताएको हो। डाक्टर पूनमले भनेकी छन्, “हामीले अहिले नै सावधानीपूर्ण कदम उठाउन आवश्यक छ।’