कोरोना भाइरसको कारण विश्वव्यापी सङ्कट चुलिँदै

काठमाडौँ।  कोरोना भाइरसको कारण विश्वव्यापी सङ्कट चुलिँदै गएको छ। नेपालमा अहिलेससम्म कोरोनाको सङ्क्रमण देखिएको छैन। नेपाल सरकारले कोरोना सङ्क्रमण हुन नदिन चालेको कदम अझै पनि प्रभावकारी नरहेको चिकित्सा मानवशास्त्रीहरूले सञ्चारमाध्यममा अभिव्यक्ति दिइरहेका छन्।

यस कारण पनि बाह्य मुलुकबाट नेपाल छिर्नेहरूमा उच्च निगरानी आवश्यक देखिन्छ भने अर्कोतिर विदेशमा रहेका नेपालीहरूको समेत सुरक्षाको लागि सरकारले चासो दिनु आवश्यक भएको आवाजहरू उठिरहेको छ। विदेशमा रहेका नेपालीहरूलाई केही मुलुकले डिर्पोट गरिएको समाचार जसै आयो उसै ति नागरिक नेपाल छिरिरहँदा उनीहरूको पछिल्लो स्वास्थ्य अवस्थामाथि सामान्य परिक्षण गरेर मात्र नहुने चिकित्सा मानवशास्त्रीहरूको सुझाव छ।

नेपाल फर्केका नागरिकहरूको स्वास्थ्यमा गम्भीर किसिमले परिक्षण गरेपछि मात्र स्वदेश छिर्न दिनु पर्ने बताइएको छ। सङ्क्रमित देशका मानिसहरू नेपालमा धेरैजसो चलायमान भइरहँदा नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहनसक्ने भन्दै विश्व स्वास्थ्य सङ्गठनले चेतावनी समेत दिइसक्दा समेत नेपाल सरकारको प्रयास सन्तोषजनक नरहेको कतिपय चिकित्सकहरूको ठहर छ।

अन्य सम्बन्धित समाचार:  माओवादीका प्रदेश प्रमुखले एमालेलाई सघाए

विमानस्थलमा सामान्य स्वास्थ्य परिक्षण गरेरमात्र छोडिदिँदा त्यसले निम्ताउने असर कस्तो पर्ला सरकार अन्तर्गतका निकायले बडो चासो दिन आवश्यक रहनुपर्ने स्वास्थ्यक्षेत्रका विज्ञहरूको राय छ। अर्कोतर्फ कोरोना भाइरस कोभिड–१९ को चपेटामा युरोप सङ्कटमा रहेको छ। युरोपमा दैनिक हजारौं मानिसमा नयाँ सङ्क्रमण देखिनु चिन्ताको विषय भएको छ।

अहिले नेपालमा यस भाइरसको सङ्क्रमण देखिएको छैन भनेर ढुक्क हुने अवस्था छैन। किनभने यस भाइरसको असर सङ्क्रमित मान्छेमा समेत ढिला गरि देखिने हुँदा सचेत रहन आवश्यक भएको बताइन्छ।
उता विश्वभर कोभिड –१९ का १५ हजारभन्दा बढी नयाँ सङ्क्रमित मङ्गलबारमात्र थपिए। यसमध्ये करिब ११ हजार नयाँ सङ्क्रमण मात्र युरोपमा देखिएको छ।

जसका कारण ५ सय बढीको मृत्यु भएको छ। चीनपछिको सबैभन्दा प्रभावित मुलुक इटालीमा भाइरसको कारण मृत्यु हुनेको संख्या २ हजार ५०० नाघिसकेको छ।

इटालीमा यो भाइरसको कारण मङ्गलबार एकै दिन ३४५ जनाको मृत्यु भएपछि सर्वसाधारणमा त्रास छाएको छ। त्यसैगरी स्पेनमा ५३३ जनाको मृत्यु भएको छ जहाँ झण्डै दुई हजारको हाराहारीमा नयाँ सङ्क्रमित फेला परेका छन्।

अन्य सम्बन्धित समाचार:  गण्डकी प्रदेशमा विशेष अधिवेशन बोलाउन तीन दलको माग

जर्मनीमा पनि मङ्गलबार करिब २ हजार १०० मानिसमा नयाँ सङ्क्रमण भएको पाइएको छ।जर्मनीमा मङ्गलबार भाइरसको कारण नौ जनाले ज्यान गुमाए। फ्रान्समा पनि एक हजारभन्दा धेरै सङ्क्रमित पाइएका छन् भने २७ जनाले ज्यान गुमाएको समाचार बाहिर आएको छ।
उता बेलायतमा मङ्गलबार १६ जनाको ज्यान गयो भने झण्डै ५०० जनामा नयाँ सङ्क्रमण देखिएको छ। एकै दिनमा ११ हजारभन्दा बढी मानिसमा नयाँ सङ्क्रमण देखिनुले युरोपमा कोभिड –१९ को प्रकोप र त्रास झनै बढेर गएकोमा विश्व स्वास्थ्य सङ्गठनले चिन्ता व्यक्त गरेको छ।

यो भाइरस नियन्त्रणको लागि भन्दै युरोपेली मुलुकले ३० दिनका लागि आफ्नो मुलुकमा आउजाउ गर्न प्रतिबन्ध लगाएपनि सङ्क्रमण नरोकिनु चिन्ताको विषय हो।