बलिउडका कलाकारहरू क्वारेन्टाइनमा

काठमाडौँ। कोरोना भाइरसको महामारी अहिले विश्वभरि नै फैलिरहेको छ। भारतमा पनि यसको सङ्क्रमण लगातार बढिरहेको छ। यस्तो अवस्थामा सबैजना आफूलाई सुरक्षित गर्नका लागि विभिन्न प्रकारका उपायहरू अपनाइरहेका छन्।

बलिउडका कलाकारहरूले कोरोनाबाट बचाउनका लागि आफूलाई सेल्फ क्वारेन्टाइनमा राखेका छन्।

अमिताभ बच्चन
चर्चित बलिउड अमिताभ बच्चनले ट्वीटरमार्फत आफू क्वारेन्टाइनमा भएको जानकारी दिएका छन्। अमिताभ बच्चन केही दिन आइसोलेसनमा बस्नेछन्। अमिताभ ‘ब्रह्मास्त्र’को सुटिङ गरिरहेका थिए। कोरोना भाइरसका कारण अहिले उक्त सुटिङ स्थगित भएको छ।

आलिया भट्ट
बलिउड नायिका आलिया भट्ट पनि कोरोना भाइरसबाट बच्नका लागि घरमै बसेकी छिन्। आलियाले एक तस्बिर सेयर गर्दै सेल्फ क्वारेन्टाइन बस्दासमेत फिटनेसको पूर्ण ध्यान राखिरहेको बताएकी छिन्।

अन्य सम्बन्धित समाचार:  भारतमा कोरोना सङ्क्रमित संख्या एक करोड ५० लाख नाघ्यो

अर्जुन कपुर
अर्जुन कपुर पनि लामो समयदेखि कोरोना भाइरसका कारण सजगता अपनाइरहेका छन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफू क्वारेन्टाइनमा बसेको जानकारी दिएका छन्।

दिलिप कुमार
दिलिप कुमार पनि क्वारेन्टाइनमा बसेका छन्। दिलिप कुमार लामो समयदेखि बिरामी रहेको र उमेर धेरै भएका कारण उनले विशेष सजगता अपनाउनुपर्ने भएको छ।

सोनम कपुर र आनन्द आहुजा 
बलिउड कलाकार सोनम कपुर र आनन्द आहुजाले मङ्गलबार भारत फर्किसकेपछि सामाजिक सञ्जाल इन्स्टाग्राम स्टोरीमा भिडिओ हाल्दै आफूहरू लन्डनबाट भारत फर्केको र क्वारेन्टाइनमा बस्न लागेको बताएका छन्।

उनीहरूले आफूमा कोरोना भाइरसको सङ्क्रमण नदेखिए पनि परिवारसँग बस्ने हुँदा क्वारेन्टाइन बस्न लागेको जानकारी गराएका हुन्।

अन्य सम्बन्धित समाचार:  कोरोनाविरुद्ध सरकारद्वारा कडाई, के गर्न पाइने के नपाइने?