सिंहदरवार वरिपरिको सडक चिल्लो भएर पुग्दैन

काठमाडौ।  हो, पहिलाको दाँजोमा सिंहदरवार वरपरका सडक केही चिल्ला छन्। तर शासक बस्ने दैलो वरपरको बाटो हेरेर मात्र रमाउन सकिने भए किन जनता हरेक दिन खाल्डाखुल्डी र धुलाम्मे बाटोमा नाकमुख छोपेर हिड्‌न विवश हुन्थेँ।
अन्तको के कुरा गर्नु अहिले पनि तपाईँ जयबागेश्वरी हुदैं चाबहिल चोक तर्फ मोटरसाइकलमा नै यात्रा गर्दैहुनुहुन्छ भने त्यो सडकको अवस्थाले सरकारप्रति त धारे हात लाग्छ नै काठमाडौँ महानगरपालिका वडा ७ र ८ का वडाध्यक्षप्रति तपाईंले मनमनै के के भन्नुहोला त्यो तपाईँलाई नै थाहा होला।
चुनावमा लाचारी प्रकट गर्दै निरिह भएर दुई हात जोडेर भोट माग्न आउनेहरूका अनुहार सम्झन मन नलाग्ने चावहिलका एक स्थानीयले नेपाली पत्रिकालाई बताए। यति मात्र हैन ललितपुरको सुनधारामा बाटोमा राखिएको बोर्डले हाम्रा सडकका अवस्था कस्तो छ भनेर भनिरहनु पर्दैन। जसमा लेखिएको थियो,‘ के सडक कालोपत्रे गर्न आन्दोलन नै गर्न पर्ने हो सरकार? ’
मङ्गलबजार सुन्धारा सडकको कन्तविजोगपूर्ण अवस्थामा जिम्मेवार हुनुपर्ने  ललितपुरमहानगरपालिकाका मेयर चिरीबाबु महर्जन नै हुन्, तर यिनले यस सडकखण्ड कालोपत्र गर्न किन चासो दिएनन्, त्यो उनै जानुन्। यस सडक खण्डकको अवस्था खोलाको बगरभन्दा नितान्त फरक छैन।
त्यतिमात्र हैन अर्कोतिर ललितपुरकै धापाखेल– सातदोबाटो सडक खण्ड, टौखेल–सातदोवाटो सडक खण्डको अवस्था अझ गएगुज्रेको छ, जहाँ दैनिक रुपमा मानिसहरू चुनौती मोलेर नै हिड्दापनि नगरपालिकाको मेयर न त्यसअन्तर्गतका वडा अध्यक्षहरूलाई नै छोएको छ। यस सडकमा दिनहुँ जस्तो सानासवारी साधनहरू दुर्घटनामा पर्ने गरेको स्थानीयले बताए।
उता गोदावरी नगरपालिकाको १३ नम्बर वडामा सडक चिल्ला बनाउनु त कता हो कता दिनमा सयौँ आइचरले अन्धाधुन्ध रुपमा वातावरण प्रदुषण गर्दै सडक बिर्गादा समेत सम्बन्धीत जनप्रतिनिधिले साँधेको मौनता उदेकलाग्दो भएको स्थानीयले बताए।

Chat conversation end