प्रहरीलाई मास्क वितरण

काठमाडौँ। काठमाडौँ उपत्यकाका तीन जिल्लामा कार्यरत प्रहरीलाई एन-९५ (सर्जिकल) मास्क वितरण गर्न थालिएको छ। महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्नका लागि मास्क वितरण गर्न थालेको हो।

पहिलो चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरीलाई मास्क वितरण गरिएको बताइएको छ। विमानस्थल पछि अब प्रत्येक प्रहरी कार्यालयमा मास्क पठाइने जनाइएको छ।

प्रहरी भीडभाड लगायत जाँचका क्रममा पनि मानिससँग प्रत्यक्ष रुपमा जोडिने भएकाले मास्क वितरण थालिएको बताइएको छ। योसँगै उपत्यकामा कार्यरत प्रहरीलाई सरसफाइमा ध्यान दिन, ड्युटीबाट फर्किएपछि साबुनपानीले हात धुन र स्वास्थ्यप्रति सतर्क रहन पनि निर्देशन दिइएको छ।

अन्य सम्बन्धित समाचार:  खैरे कुकुर मारेको विरोधमा माइतीघरमा प्रदर्शन