सिनेमा हल, जिम, रङ्गशाला र डान्स बार बन्द 

काठमाडौँ। कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले सिनेमा हलदेखि नाइट क्लब सम्मलाई बन्द गर्ने निर्णय गरेको छ। बुधबार रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

समितिले आगामी बैशाख १८ गतेसम्मका लागि सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रङ्गशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई बन्द गर्ने निर्णय गरेको हो।

बैठकले सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी मानिसहरू भेला हुन नहुने निर्णयसमेत गरेको छ। समितिले अत्यावश्यक काम बाहेक आवतजावत र हिँडडुल नगर्न भन्दै सांस्कृतिक, सामाजिक लगायतका कार्यक्रम गर्न नपाइने निर्णय गरेको छ।

अन्य सम्बन्धित समाचार:  वैशाख ७ गतेबाट कोरोनाको दोस्रो डोज खोप