आँचल जन्मदिनमा बालबालिका सँग

काठमाडौँ। अभिनेत्री आँचल शर्माले आज जन्म दिन मनाएकी छिन्। गोकर्णमा रहेको बाल गृहमा ‘संयुक्त अपाङ्ग एकता आवाज केन्द्र’ मा पुगेर उनले त्यहाँका बालबालिकासँग जन्मदिन सेलिब्रेसन गरेकी हुन्। गतवर्ष पनि उनी यही केन्द्रमा जन्मदिन मनाउन पुगेकी थिइन्।

यो केन्द्रमा ४८ जना बालबालिका रहेका छन्। उनले त्यहाँ बालबालिकाहरूलाई खानेकुरा वितरण गरेकी छिन्। साथै बालबालिकाहरूका लागि चामल, दाल, तरकारी लगायतका खाद्यान्न लिएर केन्द्रमा पुगेकी थिइन्।

आँचलले यो केन्द्रलाई १ लाख १० हजार रकम समेत सहयोग गर्ने बताएकी छिन्।   नायिका शर्मा बालबालिकासँग जन्मदिन मनाउन आफ्ना पति उदिप श्रेष्ठ र बाबु– आमासँग पुगेकी थिइन्।

अन्य सम्बन्धित समाचार:  अनमोललाई ७५ लाख अफर गरेको फिल्मको यस्तो छ नाम!