बाबुराम भट्टराई अस्पताल भर्ना

काठमाडौँ। समाजवादी पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन्।उनी बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना भएका हुन्।

‘ब्याक पेन’ भएर अस्पताल भर्ना हुनुपरेको उनका स्वकिय सचिव विश्वदीप पाण्डेले बताए। उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, “पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको स्वास्थ्य अवस्थाबारे–ब्याक पेन भएर राति ८ बजेतिर अस्पताल भर्ना हुनुभएको हो।

चिकित्सकको सल्लाहमा राति उहाँ अस्पतालै रहनुभयो। एन्जिओग्रामलगायत जाँच–परीक्षणपछि सबै रिपोर्टहरु सामान्य देखिएकाले केही प्रक्रिया पूरा गरेर आजै डिस्चार्ज हुनुहुनेछ।”

अन्य सम्बन्धित समाचार:  कोरोना विरुद्धको खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई दिइँदै