कोरोनाभाइरस: इटलीमा एकै दिनमा ४७५ जनाको मृत्यु

काठमाडौँ।  इटलीमा कोरोनाभाइरस कोभिड-१९ रोगका कारण एकै दिनमा झन्डै ५०० जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ।

त्यो सङ्ख्या, चीनमा गत डिसेम्बरमा कोरोनाभाइरसको महामारी सुरु भएपछि देशव्यापी हिसाबले एकै दिनमा मृत्यु हुने बिरामीको उच्चतम सङख्या हो।

कोरोनाभाइरसको त्रासबीच युरोप र अन्यत्र पनि उच्च सतर्कता अपनाइएको छ। विभिन्न देशमा स्वास्थ्य सङ्कटकाल लगाइएका छन्।

इटलीमा थप ४७५ जनाको ज्यान गएपछि कोभिड-१९ रोगका कारण मृत्यु हुनेको सङ्ख्या करिब ३,००० पुगेको छ।

त्यस्तै इरानमा बुधबार १४७ जनाले ज्यान गुमाएका छन्। इरानमा हालसम्म ११ सय ३५ जनाले ज्यान गुमाएका छन्। उपचारपछि ५ हजार ७ सय १० जना उपचारपछि घर फर्किएका छन्।

अन्य सम्बन्धित समाचार:  भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६१ हजारभन्दा बढी कोरोना संक्रमित थपिए

स्पेनमा बुधबार कोरोनाले १०५ जनाको मृत्यु भएको छ। स्पेनमा १ हजार ८१ जना उपचारपछि घर फर्किसकेका छन्। हालसम्म स्पेनमा १३ हजार ५० जना संक्रमित छन्। स्पेनमा हालसम्म ६३८ जनाले ज्यान गुमाएका छन्। त्यस्तै फ्रान्समा बुधबार ३३ जनाले ज्यान गुमाएका छन्।

बुधबार मात्रै विश्वमा कोरोनाले ९ सय ७६ जनाले ज्यान गुमाएका छन्।