के तपाईले कसैलाई फोन डायल गर्नु भो?

काठमाडौं। के आज तपाईले कसैलाई फोन डायल गर्नु भो? गर्नु भएको भए अघिपछिको भन्दा बेग्लै आवाज सुन्नुभयो होला हैन? त्यो आवाजमा कोरोना भाइरस सम्वन्धी जनचेतनामूलक संन्देश थियो होला हैन? कि अझै सुन्या छैन? त्यसो हो भने फोन गरि हाल्नुस् त।

हो, हो नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमण बारे जनचेतना फैलाउनको लागि कल रिङव्याक टोन परिवर्तन गरेको छ। फोनमा कोरोना भाइरसका लक्षणहरु, बच्ने तरिका समेत रहेको छ। यससँगै चिकित्सकहरुसँगको सुझाव समेत उक्त टोनमा समावेश गरिएको छ।

अन्य सम्बन्धित समाचार:  ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन लाख ६० हजार नाघ्यो