गुल्मीमा जिप दुर्घटना हुदाँ एक जनाका मृत्यु, दुई जना घाइते

गुल्मी। गुल्मीमा जिप दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा जिपका चालक धुर्कोट गाउँपालिका ६ का २४ वर्षीय मनिस जिसी रहेका छन्। बिहीबार दिउँसो तुराङ्ग पिपलपाटा जाँदै गरेको लु २ च ७७५१ नम्बरको जिप चन्द्रकोट गाउँपालिका–८ को तुराङ्ग मजुवामा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा जिपमा सवार चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ का ४५ वर्षीय श्याम आचार्य र गुल्मीदवार गाउँपालिका वडा नम्बर २ निवासी ३० वर्षीय शिषिर गौतम गम्भीर घाइते भएको गुल्मीका प्रहरी उपरिक्षक राजेन्द्रसिंह खड्काले बताए।
घाइते दुवै जनालाई स्थानीय मेडिकलमा समान्य उपचारपछि पाल्पा पठाइएको उनले बताए। जिप दुर्घटनाको कारण खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  सभामुख सापकोटासँग छलफल नै नगरी संसद अधिवेशन अन्त्य