कोभिड १९: अभिनेत्री प्रियंका चोपडाले लाईभ गर्दै

काठमाडौँ।  भारतीय चर्चित अभिनेत्री प्रियंका  चोपडाले कोभिड १९ को बारेमा रहेर भोलि दिउँसो १२ बजे सामाजिक सञ्जालमा जनचेतनामूलक लाइभ गर्ने जनाएकी छिन्।

कोरोनाको बारेमा व्याप्त धेरै अनुत्तरित प्रश्नहरू हुन सक्ने भन्दै उनले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा टेड्रोस, डब्लूएचओका टेक्निकल लिड मारिया भ्यान केरखोभ र ग्लोबल सिटिजन्सका सीईओ हग इभान्ससँग लाइभ गर्ने बताएकी छिन्।

उक्त लाइभ कार्यक्रममा सामेल भएर प्रश्नहरू सोध्न उनले आग्रह गरेकी छिन्। उनले अन्त्यमा ज्ञान शक्ति हो सबै सुरक्षित रहनुहोस् भोलि भेटौला भनेकी छिन्।