स्वदेशमै सकेको काममा जोडिनुस्ः अर्थमन्त्री खतिवडा

काठमाडौं। कोभिड–१९ का कारण वैदेशिक रोजगारमा जान नपाएका युवाहरुका लागि स्वेशमा नै उपयुक्त अवसर दिने सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले बताएका छन्।

बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले कोभिड्र–१९ को संक्रमण हुन सक्ने जोखिमलाई हेरेर विदेश जान र विदेशबाट आउन रोकिएको भन्दै श्रम मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी उपलब्ध गराउने बताए।

वैदेशिक रोजगारीमा जान नपाउनु भएकाहरु स्वेशमा नै रोजागारी चाहानु हुन्छ भने श्रम मन्त्रालय अन्तर्गत रहेको प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचिकृत भएर उपलब्ध कामका अवसरमा आउन उनको आब्हान थियो।

मन्त्री खतिवडाले काममा विभेद नगरी स्वदेशमै श्रम गर्न आग्रह गरे। उनले श्रमको अवसर जुटाउन छलफल अघि बढिसकेको समेत बताए। उनले रोजगारीको अवसरमा आत्तिहाल्नु पर्ने अवस्था नरहेको पनि बताए। वैदेशिक रोजगारीमा जान रोकिए पनि तत्कालै वित्तीय प्रभाव पार्ने अवस्था नरहेको पनि उनको ठहर थियो।

अन्य सम्बन्धित समाचार:  अब सिंहदरबारमा पनि मन्त्रिपरिषद बैठक बस्ने

मन्त्री खतिवडाले आर्थिक क्षेत्रमा जम्मा तीन प्रतिशत मात्र असर पार्ने तर्क गर्दै नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशत मात्र रहेकाले असर उतिसारो नपर्ने जिकिर गरे।

उनले पर्यटन क्षेत्र प्रभावित हुँदा समग्र अर्थतन्त्रमै असर पर्छ भन्ने हिसाबले अहिले ठाडो अनुमान लगाउन नहुनेमा जोड दिए।

त्यसैगरि रसुवा र तातोपानी नाका रोकिए पनि स्वास्थ्य समस्या समाधान गरेर खोल्न सकिने बताए। त्यस बारेमा सरकारका निकायबीच छलफल भइरहेको बताउँदै उनले पेट्रोलियम पदार्थको आपूर्ति सहज रहेको बताए।

अर्कोतिर विदेशी कामदारहरु स्वास्थ्य जाँच गरेर काममा फर्किने वातावरण बनाइदिन आग्रह गरिरहेकाले त्यो पनि चाँडै सहज हुने बताए।