भारतको वैष्णोदेवी दर्शनका लागि पुगेका ६० नेपाली फसे

वीरगंज। कोरोना भाइरसको संक्रमण बढेसंगै भारतको वैष्णोदेवी दर्शनका लागि पुगेका ६० नेपाली फसेका छन्। उनीहरु सवैजनालाई भारतको कटरामा क्वारेन्टाइनमा राखिएको छ। फागुन २४ गते वीरगंजबाट हिँडेका नेपाली तीर्थयात्रीलाई ३ दिन देखि कटरामा भारतीय प्रहरीले उच्च निगरानीका साथ राखेको जनाएको छ।

जम्मु कश्मीर क्षेत्रको कटरासम्म रेलबाट पुगेका नेपाली तीर्थयात्रीलाई वैष्णोदेवी मन्दिर जाने मुख्य नाका कटरामा राखिएको बताइएको छ।

उनीहरुलाई १४ दिनपछि मात्रै छाड्ने भारतीय प्रहरीले बताएको छ। नियमित रुपमा जाँच गर्दै खानापानको व्यवस्था समेत भारतीय प्रहरीले मिलाएको छ।

अन्य सम्बन्धित समाचार:  भारतमा एकैदिनमा दुई लाख ३४ हजार सङ्क्रमित, १३ सयको मृत्यु