कोरोना माहामारी: आईतबार भारतमा जनता कर्फ्यू घोषणा

काठमाडौँ। भारतमा आउँदो आइतबार  विहान ७ बजेदेखि साँझ ९ बजेसम्म जनता कर्फ्यू  घोषणा गरिएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घोषणा गरेका हुन्।उनले जनता कर्फ्यूमा कोही पनि नागरिक घर बाहिर ननिस्कन आग्रह गरेका छन्।

बिहीबार साँझ टेलिभिजन स‌ंबोधनमा प्रधानमन्त्री मोदीले कोरोना भाइरसको महामारी रोक्न जनता कर्फ्यूलाई सफल पार्न आह्वान गरेका छन्।

जनता कर्फ्यूको दिन  घरको ढोकामा उभिएर ५ मिनेट ताली, थाल र घण्टी बजाएर नागरिकको हौसला बढाउन आग्रह गरेका छन्।

स‌ंकटको समयमा आफ्नो  ख्याल राख्न र अस्पतालमा दबाव नबढाउन पनि मोदीले टेलिभिजन संबोधनमार्फत आह्वान गरेका छन्।

कोरोना संक्रमणका कारण भारतमा ४ जनाको मृत्यु भइसकेको छ भने यसको संक्रमण १ सय ९७ मा पुष्टि भइसकेको छ।

अन्य सम्बन्धित समाचार:  विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय