मेघाको नेपाल आइडल यात्रा समाप्त

काठमाडौँ। ‘नेपाल आइडल सिजन ३’बाट यो हप्ता देखि मेघा श्रेष्ठ को यात्रा टुङ्गिएको छ। उनी भोट कमका कारण बाहिरिएकी हुन्। यो साता सबैभन्दा धेरै भोट केभिन ग्लान तामाङले प्राप्त गरेका छन्।

मेघा श्रेष्ठ ‘नेपाल आइडल सिजन ३’की एक मात्र गोल्डेन माइक होल्डर प्रतिस्पर्धी थिइन्। गत हप्ता मुस्कान रानाभाट बाहिरिएकी थिइन्। मेघा बाहिरिएसँगै अब ‘नेपाल आइडल सिजन ३’ मा जम्मा ४ जना केभिन ग्लान तामाङ, प्रवीण बेडुवाल, नेसन पुन मगर, र सज्जा चौलागाईं प्रतिस्पर्धी रहेका छन्।

यसैबीच, आज (शुक्रबार)को श्रृखंलामा उत्कृष्ट १० प्रतिस्पर्धीले वाइल्ड कार्ड इन्ट्रीका लागि प्रतिस्पर्धा गर्दैछन्। वाइल्ड कार्डबाट उत्कृष्ठ एकले प्रतिस्पर्धामा पुनः प्रवेश पाउने छन्।

अन्य सम्बन्धित समाचार:  अनमोललाई ७५ लाख अफर गरेको फिल्मको यस्तो छ नाम!

नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक छन्। नेपाल आइडल सिजन–३ का विजेताले नगद रु. ५० लाख प्राप्त गर्ने छन्। फष्ट रनर अपले १० लाख पाउँदा सेकेन्ड रनरअपले ५ लाख प्राप्त गर्नेछन्। उत्कृष्ठ तीन जनाले वल्र्ड टुरको अवसर पाउने पनि जनाइएको छ।