कोरोना विशेष अस्पताल सञ्चालन हुँदै

काठमाडौँ। कोरोना भाइरस सङ्क्रमितका लागि निर्माण गरिएको भरतपुर कोरोना विशेष अस्थायी अस्पताल आज (शुक्रबार)देखि सञ्चालन हुँदैछ। भरतपुरको प्रदर्शनी स्थलमा निर्माण भइरहेको अस्पतालमा ५० बेडको क्षमतामा शुक्रबारबाटै ओपीडी सेवा सञ्चालन गर्ने तयारी भएको भरतपुर महानगरपालिकाकाले जनाएको छ

७० बेडको अस्पताल निर्माण गर्ने तयारी रहेको बताइएको छ। साथै अब आइसोलेसनको व्यवस्था गरिनेछ। ओपीडी सञ्चालनपछि आईसीयू सेवा दिने गरी तयारी तीव्र पारिएको छ।

अस्पतालमा खटिने स्वास्थ्यकर्मीको व्यवस्था भइसकेको महानगरले जनाएको छ। आज (शुक्रबार) १४ जना जनशक्ति अस्पतालमा खटिनेछन्। बिरामीको चाप र आवश्यकताअनुसार जनशक्ति र उपकरणहरू थपिँदै लैजाने जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  म्याग्दीमा न्यायाधीश नहुँदा अदालतको सेवा प्रभावित