‘ए मेरो हजुर ४’को छायाँङ्कन स्थगित

काठमाडौँ। नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर ४’को छायाँङ्कन रोकिएको छ। कोरोना सङ्क्रमणको जोखिम न्यूनिकरणको लागि सरकारले २५ जना भन्दा बढी मानिस भेला नहुने निर्णय गरेको थियो। यही निर्णयको पालना गर्दै चलचित्र छायाँङ्कन स्थगित गरिएको जनाइएको छ।

चलचित्रका निर्माता सुनिल कुमार थापाले कोरोना सङ्क्रमण जोखिम घटाउने उपाय सामाजिक दूरी पनि भएकोले चलचित्रको छायाँङ्कन स्थगित गरेको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन्।

चलचित्र छायाँङ्कनको लागि झण्डै १०० जनाको समूह चाहिने भएकोले  छायाँङ्कन स्थगित गरिएको हो। हालसम्म चलचित्रको ४० प्रतिशत छायाँङ्कन सकिएको छ।

यो टोलीले पोखरामा  छायाँङ्कन सक्काएर अहिले ललितपुर आइपुगेको थियो। वैशाख १० सम्म चलचित्रको  छायाँङ्कन सक्ने लक्ष्य राखेको ४५ दिने मोड्युल अब सरकारले अर्को निर्णय नगर्दासम्मको लागि स्थगित गरिएको छ।

अन्य सम्बन्धित समाचार:  देशभर थप ४६० जनामा कोरोना संक्रमण पुष्टि