१ सय ५० नेपालीलाई कतारले गर्यो देश निकाला

काठमाडौँ। निर्देशन अवज्ञा गर्ने नेपाली कामदारलाई कतार सरकारले डिपोर्ट गरेको छ। कतार सरकारको निर्देशन अवज्ञा गर्दै भीडभाडमा गएको भन्दै पक्राउ गरिएकामध्ये १ सय ५० जना नेपाली कामदारलाई सरकारले बिहीबार डिपोर्ट गरी नेपाल पठाएको छ।

कतारले यसअघि नै २ सय ५० जनालाई डिपोर्ट गरेको थियो। विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि भीडभाडमा नजान दिएको निर्देशन अवज्ञा गरेको भन्दै कतारले नेपालीसहित विदेशी कामदारलाई पक्राउ गरेको थियो।

डिपोर्ट भएका नेपालीहरु शुक्रबार सनैया क्षेत्रबाट पक्राउ परेका थिए। पक्राउ परेका नेपालीहरूले भने आफूहरुलाई क्याम्प नजिकैबाट पक्राउ गरि जेल लागेको बताएका छन्।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता