राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौँ। शुक्रबार दिउँसो बस्ने भनिएको राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ। बिहीबार बसेको बैठकले शुक्रबार दिउँसो १ बजेका लागि बस्ने भनेपनि संसद् सचिवालयले सूचना टाँस गरी बैठक स्थगित गरिएको हो।

अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको बताइएको छ। प्रतिनिधिसभाको बैठक भने १३ चैतसम्मका लागि स्थगित गरिएको छ।

अन्य सम्बन्धित समाचार:  एकै दिनमा १२८१ जनामा संक्रमण पुष्टि, ८ जनाको मृत्यु