काठमाडौँ। बहुचर्चित निर्भया सामूहिक बलात्कार काण्डका ४ दोषीलाई भारतमा मृत्युदण्ड दिइएको छ। सामूहिक बलात्कारमा संलग्न अक्षयकुमार सिंह, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाई दिल्लीको तिहाड जेलमा शुक्रबार बिहान ५ः३० बजे मृत्युदण्ड दिइएको हो।
यसअघि अदालतले फाँसी दिन दिएको आदेशविरुद्ध एक अभियुक्तले त्यहाँको सर्वोच्च अदालतमा अपिल गरेका थिए। सर्वोच्चले आममाफी दिन नसकिने फैसला गरेसँगै चारै जनालाई मृत्यु दण्ड दिइएको हो ।
यसका कारण भारतभरि खुसीको लहर छाए सँगै निर्भयाकी आमाले सन्तुष्टि पाएकी छिन्। निर्भयाका आन्दोलनका बेला बलिउडका थुप्रै हस्तीले आफ्नो आवाज उठाएका थिए। अब निर्भयाका दोषीले फाँसीको सजाय पाएपछि बलिउडका कलाकारहरूले आ-आफ्नो प्रतिक्रिया दिएका छन्।
प्रीति जिन्टा
‘यदि निर्भयाका बलात्कारीलाई सन् २०१२ मा मृत्युदण्ड दिएको भए देशमा आपराधिक क्रियाकलापमा निकै कमी आउँथ्यो । उपचारभन्दा रोकथाम नै राम्रो हो’
रितेश देशमुख
नायक रितेश देशमुखले आफ्नो खुसी व्यक्त गरेका छन्।
सुस्मिता सेन
नायिका सुस्मिता सेनले ट्वीट गरेर निर्भयाकी आमा आशा देवीको तारिफ गरेकी छिन्।
तापसी पन्नू
उनले लेखेकी छिन् ‘अब निर्भयाकी आमा र उनको परिवारले आनन्दको निद्रा सुत्न पाउनेछिन्। यो निकै लामो र सङ्घर्षपूर्ण लडाइ रहयो।’