सङ्गीत मार्फत सचेतना सम्प्रेषण गर्न आग्रह

काठमाडौँ। विश्वभरि कोरोना भाइरसको महामारी फैलिए सँगै नेपाल पनि यसको उच्च जोखिममा रहेको छ।

यसको सतर्कता अपनाउंदै नेपाल सरकारले पछिल्लो समय शैक्षिक संस्था, सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रङ्गशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब सबै बन्द गरेको छ।

यसले विश्वकै कला क्षेत्र सङ्कटमा परेको छ। भने नेपाली कला क्षेत्र पनि अहिले चरम सङ्कटमा परेको छ। यसलाई मध्यनजर गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले गीत सङ्गीत मार्फत सम्पूर्णका सचेतना सम्प्रेषण गर्न एक विज्ञप्ति मार्फत आग्रह गरेको छ।

यदि नेपालमा कोरोना भाइरस देखा परि विपत आइपरेको अवस्थामा राज्यलाई आवश्यक परेको खण्डमा प्रतिष्ठानको भवनलाई क्वारेन्टाइनको लागि प्रयोग गर्न दिन तयार रहेको पनि उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ।

अन्य सम्बन्धित समाचार:  देशभर थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि