कोरोना बाजा बजाएर आँउदैन्ः चिकित्सा मानवशास्त्री घिमिरे

काठमाडौं। विश्वका १७६ देशमा कोरोना भाइरसको संक्रमण फैलिसकेको छ। यस भाइरसको कारण अहिलेसम्म १०,०३७ जनाको मृत्यु भएको छ। त्यसैगरि पुष्टि भएका संङ्कमणको संख्या २,४५,०६१ रहेको जन्स हप्किन्स विश्वविद्यालय अमेरिकाको तथ्याङ्कमा रहेको छ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले सक्दो उपाय अपनाइरहेका छन्। धेरैजस्तो देश यस भाइरसको चपेटामा रहेको छ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस विश्वका धेरैजस्तो देशकोलागि असाध्यै चुनौती बनिरहेको छ।
अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोपका साथै विश्वका कतिपय देशमा महामारी बन्दै गएको कोरोना भाइरसको निदानात्मक पाटोमाथि अध्ययन अनुसन्धान पनि जारी छ।

भाइरस नियन्त्रणको पाटोमा चीनले चमत्कारिक प्रगति गरेको छ। अर्थात चीनले कोरोना भाइरसको निदानात्मक पाटोमा असोचनीय सफलता हासिल गर्दा चीनको अनुभवबाट विश्वका अन्य देश समेतले सिक्न सक्ने देखिन्छ। यूरोपका कतिपय देशहरुमध्य इटली, इरान र स्पेन तीन देशको मात्र तथ्याँक केलाँउदा ४७५१ भन्दा ज्यादा मानिस कोरोनाको कारण मृत्युवरण गर्न बाध्य भए।

अन्य सम्बन्धित समाचार:  कोरोना सङ्क्रमणबाट स्टाफ नर्ससहित दुईको मृत्यु

यता नेपालमा कोरोना भाइरसको संक्रमण नदेखिएको सरकारी अधिकारीहरुको भनाइ रहेको छ। त्यसो त सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अपनाएको सर्तकताले के नेपालमा कोरोना संक्रमण हुनबाट जोगाएको हो? के सरकारले अघि सारेको सुरक्षा सर्तकताले मात्र नेपाल कोरोना भाइरसबाट सुरक्षित रहँला?

कोरोना फैलिएका मुलुकबाट नेपाल छिरेका नागरिकलाई सामान्य स्वास्थय परिक्षण गरेर मात्र स्वदेश छिर्न दिदाँ त्यसले कालान्तरमा कस्तो अवस्था निम्ताँउला?

कोरोना भाइरसको जोखिम, यसबाट सजग रहन अपनाउनु पर्ने सावधानी र नेपालले अघि सार्नु पर्ने थप सावधानीका उपाय के कस्ता हुनसक्छन् भनेर हामीले चिकित्सा मानवशास्त्री डा सचिन घिमिरेसंग कूराकानी गरेका छौं।