कवितासङ्ग्रह ‘तालीको समाजशास्त्र’ सार्वजनिक

काठमाडौ। कवितासङ्ग्रह ‘तालीको समाजशास्त्र’ सार्वजनिक भएको छ। नेपाली साहित्यमा विशेष रुचि राख्ने कवि विश्व सिग्देलको संस्मराणत्मक कविता संग्रहमा उनले ४५ वटा गद्य कविता समावेश गरेका छन्।

२०३७ सालमा काभ्रेको नालामा जन्मेका सिग्देल समसामायिक विषयमाथि फरक दृष्टि राख्दै गम्भिरतापूर्वक काव्याभिव्यक्ति दिने एक प्रभावशाली कवि हुन्।

कवितासङ्ग्रह तालीको समाजशास्त्रमा अधिकाँश कविता थोरै शब्दमा धेरै कुरा भन्ने काव्यिक सामथ्र्यसहित आएका छन्। शैक्षिक क्षेत्रमा सानैदेखि अब्बल सिग्देल कविताका अलवा कथाहरु लेख्न रुचि राख्थे।

उनले यसअघिपनि अङ्ग्रेजी साहित्यकोलागि ‘अब्सेसन’ संयुक्त कथासंग्रह नयाँ दिल्लीमा २०१४ मा सार्वजनिक भएको थियो। कवि सिग्देलले लामो समयदेखि राजधानीको संस्कृति इन्टरनेशनलमा नेपाली विषय अध्यापन गर्दै आएका छन्।