भद्रपुरमा आइसोलेसन वार्डमा एक युवाको उपचार हुदै

झापा। मेची अञ्चल अस्पताल भद्रपुर झापामा शुक्रबार बिहानदेखि एक जना बिरामीलाई आइसोलेसन वार्डमा राखिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर पीताम्बर ठाकुरले बताएका छन्। ३ दिनअघि दुबईबाट नेपाल आएका ति युवामा रुघा लाग्नुको साथै घाँटी दुख्ने ज्वरो आउने समस्या देखिएपछि शङ्काको आधारमा आइसोलेसनमा राखिएको डाक्टर ठाकुरले बताए। ति युवाको घाँटीको ¥याल परीक्षण गर्न काठमाडौंको टेकूस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको बुझिएको छ।

अन्य सम्बन्धित समाचार:  भारतमा एकै दिनमा दुई लाख ६१ हजार सङ्क्रमित