देशभरका सबै अदालतहरु दुई साताको लागि बन्द

काठमाडौँ।  कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलनसक्ने भन्दै देशभरका सबै अदालतहरु दुई साताको लागि बन्द गरिने भएको छ।

भाइरस संक्रमणको जोखिम हुने भन्दै देशभरका अदालतका काम कारबाही दुई साता बन्द गर्नेबारे निर्णय भएको हो।

शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले आइतबारदेखि लागू हुनेगरी दुई सातासम्म देशभरका न्यायालयहरू बन्द गर्ने निर्णय गरेको हो।

यसअघि, नेपाल बार एशोसियसनले सर्वोच्च अदालतलाई संक्रमणको जोखिम रहेको भन्दै पत्र लेखेर सम्पूर्ण सुनुवाइ स्थगित आग्रह समेत गरेको थियो। सरकारले समेत भीडभाड नगर्न र कोरोनाभाइरसको संक्रणबाट जोगिन विशेष पहल गरिरहेको बेला प्रधानन्यायधीश जबराको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो।

अन्य सम्बन्धित समाचार:  देशभर थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि

निर्णय भएसंगै सर्वोच्च अदालत, विषेश सहित देशभरका उच्च अदालत, जिल्ला अदालतहरु अनि विभिन्न न्यायाधीकरणहरुको काम कारबाही चैत २१ गतेसम्म स्थगित हुनेछन्।

बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथिको सुनुवाइहरुको कामकारबाही भने नरोकिने सर्वोच्च स्रोतले जनाएको छ।