बैंकिङ सेवा अवरुद्ध नहुने गरी सुरक्षित सेवा प्रदान गर्न निर्देशन

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले बैंकहरूलाई बैंकिङ सेवा अवरुद्ध नहुने गरी सुरक्षित सेवा प्रदान गर्न निर्देशन दिएको छ। शुक्रबार राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि शिवाकोटीले बैंकर्स संघका अधिकारीसँग छलफल गर्दै बैंकिङ सेवामा भिडभाड नगराउन निर्देशन दिएका हुन्।

सरकारले नै २५ जनाभन्दा बढीको भिडाभाड नगर्न निर्देशन दिइसकेकाले बैंकमा ग्राहकको भिड कम गराउन डिजिटल कारोबारमा प्रोत्साहन गराउन निर्देशन दिएको राष्ट्र बैंक नियमन विभाग प्रमुख देवकुमार ढकालले बताए।

बैंकमा ग्राहक र कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै कर्मचारी ग्राहक र कर्मचारीहरू अफिस भित्र छिर्दा तापक्रम जाँच्न, सेन्टिलाइजर प्रयोग गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकले बैंकहरूलाई बैंकिङ सेवा अवरुद्ध नहुने गरी सुरक्षित कारोबारको व्यवस्था मिलाउने निर्देशन दिएको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  देशभर थप ४९६ जनामा कारोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

ग्राहकको सेवा कुनै पनि रोेकिँदैन। संघले उच्च तहका कर्मचारी एकै ठाउँमा हुँदा एकै पटक संक्रमित हुन सक्ने भन्दै सावधानीका लागि छुट्टाछुट्टै भवनमा बसेर काम गर्न विषयमा कुराकानी भइरहेको बताइएको छ।

प्रमुख कार्यकारी अधिकृत र नायब प्रमुख कार्यकारी दुवैलाई एकै पटक संक्रमण भयो भने बैंकको सम्पूर्ण प्लानिङ नै प्रभावित हुने भएकाले त्यसलाई मध्यनजर गर्दै छुट्टाछुट्टै बसेर काम गर्ने र एक ठाउँमा जम्मा नहुने भन्ने विषयमा कुराकानी भइरहेको छ।

त्यसका लागि के के सम्भावना छ बैंकर्स संघले गाइडलाइन जारी गर्ने निर्णय संघले गरेको र त्यसका लागि संघका सीईओ अनिल शर्माले काम गरिरहेकाले एक दुई दिनमा नै गाइडलाई आउने बताइएको छ।

अन्य सम्बन्धित समाचार:  नाकामा परीक्षण गर्दा दुईजनामा ‘एन्टिजेन पोजिटिभ’

सरकारले भिडभाड कम गरौ भनेकाले एउटै ठाउँमा भिडभाड धेरै नगर्ने भन्ने उद्देश्यले कर्मचारीलाई मिलेसम्म सिफ्ट अथवा घरबाटै गर्न मिल्ले कामलाई घरबाट नै गर्ने व्यवस्था गर्न सकिने समेत बताइएको छ।