मलामी २५ जना जानु, भोलिबाट आरती नगर्नु

काठमाडौँ।  पशुपति क्षेत्रविकास कोषले कोरोना भाइरसको संक्रमणबाट बच्न २५ जनाभन्दा धेरै मलामी नआउन आग्रह गरेको छ।

सरकारको निर्देशनलाई पालना गर्दै आफन्त तथा शुभचिन्तकको मृत्युमा २५ जनाभन्दा धेरै मलामी नआउन आग्रह गरिएको कोषका सदस्य सचिव प्रदीप ढकालले बताए।

पशुपति क्षेत्रविकास कोष परिषरको विशेष सरसफाइ तथा निर्मलीकरण गरिएको छ। हरेक साँझ हुँदै आएको आरती भोलिबाट बन्द हुने छ भने आज विधिका लागि भीड जम्मा नभइ आरती हुने छ।

अन्य सम्बन्धित समाचार:  थप एकजना कोरोना संक्रमितको मृत्यु