गायिका कनिकालाई कोरोना सङ्क्रमण

काठमाडौँ। बलिउडकी प्रसिद्ध गायिका कनिका कपूरलाई कोरोना भाइरस लागेको छ। उनी शनिवार लन्डनबाट लखनउ आएकी थिइन्। उनले लन्डनबाट फर्किएको कुरा कसैलाई नभनी धेरै मानिससँग भेटघाट गरेको बताइएको छ। साथै विमानस्थलमा उनी ग्राउन्ड स्टाफसँग मिलेर बाथरुमबाट भागेको बताइएको छ।

उनीसँग अरु व्यक्तिहरू पनि सम्पर्कमा आएको र उनीहरूलाई पनि कोरोना भाइरस भएको हुनसक्ने अनुमान गरिएको छ। उनले भेटेका सबै मानिसहरूलाई सम्पर्क गरेर टेस्ट गर्ने प्रक्रिया सुरु गरिएको छ।

कनिकाले आइतबार लखनउको ग्यालेन्ट अपार्टमेन्टमा एक पार्टी आयोजना गरेकी थिइन्। र त्यसमा लखनउका ठूला अधिकारी र नेताहरू उपस्थित भएका थिए।

कनिका लखनउको ताज होटलमा बसेकी थिइन र अहिले होटलका कर्मचारी पनि डराएका छन्। कनिका बस्ने अपार्टमेन्टका धेरैजसो मानिस भवन छोडेर अन्तै जान थालेका छन्। कनिकाको परिवार त्यही भवनमा बस्छ र अहिले परिवारलाई क्वारेन्टाइनमा राखिएको जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  पत्रकार मिश्रको कोरोना संक्रमणका कारण मृत्यु