‘मिस नेपाल २०२०’को अडिसन स्थगित

काठमाडौँ। ‘मिस नेपाल २०२०’ को अडिसन स्थगित भएको छ। कोरोना भाइरसको त्रासका कारण बहुचर्चित सुन्दरी प्रतियोगिता ‘मिस नेपाल २०२०’ को अडिसन स्थगित भएको हो।

नेपालका मुख्य शहरमा अडिशन सकिए पनि काठमाडौंमा अडिसन हुन बाँकी रहेको र यसको अडिशन अहिलेलाई स्थगित भएको आयोजकले जनाएको छ। पोखरा, चितवन, वीरगञ्ज, धरान, बिर्तामोड, बुटवल, नेपालगञ्ज र धनगढी अडिसन भइसकेको छ। काठमाडौंको अडिसन भने बैशाख १८ पछि हुने जनाइएको छ।

सरकारले २५ जनाभन्दा बढी भेला नहुन र सभा सम्मेलन नगर्न आग्रह गरेपछि मिस नेपालका कार्यक्रम समेत स्थगित भएको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  कोरोना खोपः दोस्रो डोज लगाउने मिति र स्थान सार्वजानिक