काठमाडौँ। कोरोना भाइरस सङ्क्रमणबाट बच्नका लागि गुगलले शुक्रबार एउटा डूडल बनाएको छ। भिडियो वैज्ञानिक इग्नाज सेमेलवेइसलाई समर्पित गरिएको छ। डूडलले हात धुने सही तरिका सिकाएको छ। “हात धुनुको” फाइदा पत्ता लगाउने पहिलो व्यक्ति भनेर इग्नाज सेमेलवेइसलाई चिन्न सकिन्छ। सन् १८४७ मा इग्नाज सेमेलवेइसलाई भियाना जनन अस्पतालको प्रमुखमा नियुक्त गरिएको थियो। उनले डाक्टरहरूलाई हात किटाणुरहीत हुनु पर्ने कुरा औंल्याएका थिए।
२०७६ चैत्र ७ गते, शुक्रबार, ०४:५० बजे प्रकाशित