काठमाडौँमा सवारीसाधन मात्र पातलिएका छैनन, जनसंख्यापनि घटेको छ

काठमाडौँ । कोरोना भाइरसका कारण उपत्यका छाड्ने यात्रुको सङ्ख्यामा वुद्धि भएको छ। ट्राफिक प्रहरीमहाशाखाका अनुसार केही दिनयता काठमाडौँ भित्रिने भन्दा बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ। गत मङ्गलबारदेखि बिहीबारसम्म तीन दिनमा झण्डै तीन लाखले उपत्यका छाडेका छन्। जसका कारण अघिपछि अत्यन्तै भिडभाड र जाम हुने काठमाडौका मुख्य चोक र स्थानहरुमा सवारीसाधन मात्र पातलिएका छैनन जनसंख्यापनि घटेको छ।

अन्य सम्बन्धित समाचार:  माओवादीका प्रदेश प्रमुखले एमालेलाई सघाए