कोरोना भाइरस : सर्यो ‘तेन्जिङ हिलारी एभरेष्ट म्याराथन’ 

काठमाडौँ। विश्वकै सर्वाधिक उचाइमा आयोजना हुने ‘तेन्जिङ हिलारी एभरेष्ट म्याराथन’ कोरोना भाइरसले गर्दा पछि सरेको छ। विश्वभर फैलिएको कोरोनाले गर्दा आयोजक हिमालय एक्सपीडीसन्सले १७ औं संस्करणको एभरेष्ट म्याराथन सर्ने जानकारी गराएको हो।

यसअघि मे २९ मा हुँदै आएको म्याराथन यस वर्ष सेप्टेम्बरमा हुने भएको छ। आयोजकले सामाजिक जञ्जाल फेसबुकमार्फत यस वर्षको म्याराथन आगामी सेप्टेम्बर २४ सम्मको लागि सार्ने तयारी भइरहेको जनाएको छ।

सर्वोच्च शिखर सगरमाथाको आधार शिविरबाट सुरु भएर नाम्चे बजार पुगेर समापन हुने म्याराथनमा विश्वभरका धावकहरू दौडन आउने गर्छन्।

अन्य सम्बन्धित समाचार:  त्रिकोणात्मक सिरिजः नेदरल्यान्ड्ससँग मलेसिया पराजित