पछिल्लो २२ घण्टामा १ हजार ६६ जनाले कोरोनाकै कारण ज्यान गुमाए

एजेन्सी। संसारभर पछिल्लो २२ घण्टामा २५ हजार ६९२ जना कोरोनाका नयाँ विरामी फेला परेका छन्। यससँगै अब संक्रमितको संख्या २ लाख ४६ हजार २० जना पुगेको छ। ८८ हजार ४८३ जना उपचारपछि निको भएका छन् भने १० हजार ४९ जनाले ज्यान गुमाएका छन्।

त्यही २२ घण्टामा १ हजार ६६ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्। यो रोग औसतमा हरेक एक मिनेटमा १९ जनालाई सरिरहेको छ। हरेक घण्टा ४८ जना मरिरहेका छन् भने १२३ जना निको भएर घर फर्केका छन्।

यहीबीच पृथ्वीका थप ६ देशमा संक्रमण फैलिएको छ। अब कोरोना १८२ मुलुकमा पुगिसकेको छ। यसमध्ये ७९ मुलुकमा यही रोगका कारण विरामीको मृत्यु भएको छ। कोरोनाको मृत्युदर अझै बढेर १० प्रतिशत पुगेको छ। निको हुनेको अनुपात ९० प्रतिशतमा झरेको छ।

अन्य सम्बन्धित समाचार:  पत्रकार मिश्रको कोरोना संक्रमणका कारण मृत्यु

२४ फेब्रुअरीबाट सामान्य बन्दै गएको संक्रमण ७ मार्चदेखि पुनः चुलिएको छ। गए रातीबाट कोरोनाका कारण ज्यान गुमाउनेको सूचीमा चीनलाई इटलिले उछिनेको छ। चीनभन्दा आधा मान्छेलाई मात्रै संक्रमण भए पनि इटलीमा हालसम्म ३४०५ जनाले ज्यान गुमाइसकेका छन्। चीनमा ३२४८ जनाको मृत्यु भएको छ।