अलपत्र नेपालीलाई उद्धार गर्ने सरकारको निर्णय

काठमाडौँ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले विदेशमा अलपत्र परेका भनिएका व्यक्तिको उद्धार गर्ने निर्णय गरेको छ।

शुक्रवार बसेको समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनमा अन्तर्राष्ट्रिय हवाइ उडान स्थगित गर्ने घोषणा भएपनि विदेशी विमानस्थलमा अलपत्र परेका नेपालीको उद्धार गर्ने निर्णय गरेको छ। विमानस्थलमा अलपत्र परेका भनिएका व्यक्तिलाई दूतावाससँग सम्पर्क गरेर उद्धार गरेर ल्याउने कुरा भएको साथै उद्धार गरेर ल्याइएका व्यक्तिलाई क्वारेन्टाइनमा राखिने बताइएको छ।

नेपालीलाई उद्धार गरेर ल्याउन सम्बन्धित मन्त्रालयले नेपाली दूतावाससँग सम्पर्क गर्ने पनि जनाइएको छ। प्रधानमन्त्री ओलीको सम्बोधनमा लामो दूरीका सवारिसाधन बन्द गर्ने भनिए पनि आपूर्ति र ढुवानीसँग सम्बन्धित सेवा प्रभावित नहुने बताइएको छ। 

अन्य सम्बन्धित समाचार:  पूर्वराजा ज्ञानेन्द्र स्वदेश फर्किए, विमानस्थलभित्रै ‘हाम्रो राजा हाम्रो देश’ को नारा