कोरोनाबारे अफवाह फैलाउने एक व्यक्ति पक्राउ

काठमाडौँ। कोरोना भाइरसले विश्वभर मच्चाइरहेको विवरणबारे अहिले सामाजिक सञ्जालमा धेरैले अनेक समाचार लेखिरहेका छन्। अनेक सूचना सेयर गरिरहेका छन्।  

गलत सूचना प्रकाशन गरेको आरोपमा केन्यामा प्रहरीले एक २३ वर्षे व्यक्तिलाई पक्राउ गरेका छन्। इलिजाअ मुथुई किटोन्यो नामका यी व्यक्तिले सरकारले त्यहाँ कोरोना भाइरस सङ्क्रमित बारे गलत सूचना दिएको भन्दै प्रचार गरेका थिए।

उनले ट्विटरमा केन्यामा कोरोना भाइरस भएका व्यक्ति इटालीको रोमबाट आएको दाबी गरेका थिए। सरकारले चाहिँ ती व्यक्ति अमेरिकाबाट आएको बताएको थियो। उनले लेखेको ट्विट हजारौँले सेयर गरेका थिए।

अन्य सम्बन्धित समाचार:  पत्रकार मिश्रको कोरोना संक्रमणका कारण मृत्यु