आज केही ठाउँमा पानी पर्ने

 काठमाडौँ। आज पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएको छ। बिहानपख मौसम खुलेर घाम लागे पनि दिउँसो १२ बजेपछि बदली भइ केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन्।  शुक्रबार काठमाडौँसहित पहाडी क्षेत्रमा हल्का पानी परेको थियो। पहाडी क्षेत्रका केही ठाउँमा अहिले पनि मेघ गर्जनसहित पानी परिरहेको जनाइएको छ।

अरेबियन सागरबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण पहाडका केही क्षेत्रमा मेघ गर्जनसहित पानी परेको हो। देशका धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ।

अन्य सम्बन्धित समाचार:  प्यूठान जिप दुर्घटना (अपडेट)— मृतककाे संख्या ५ पुग्यो