चीन अमेरिका व्यापार युद्धः शक्ति स्थानान्तरणको सङ्केत 

-डम्बर ओख्राबु (लिम्बू)

केही महिना अघि चीन अमेरिका व्यापार युद्धलाई लिएर अलिबाबा डटकमका प्रमुख ज्याकमाले यो व्यापार युद्ध बिसौँ वर्ष सम्म पनि चल्न सक्ने बताएका थिए। विश्वका धेरै आर्थिक विशेषज्ञहरूले ब्यापार युद्ध समाधान उन्मुख भैरहेको छ भनिरहदा उनको यो बिचार आएको हो। उनको भनाइलाई हेर्ने हो भने यो ब्यापार युद्ध छिटै समाधान हुने छाट काट देखिँदैन। गत वर्षको अप्रिल महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन बाट आयात हुने एक हजार भन्दा बढी बस्तुहरूमा कर वृद्धिको घोषणा गरे पछि ब्यापार युद्धको बिजारोपण भएको हो।

यही ब्यापार युद्धको कारण विश्वको कुल गार्हस्थ्य उत्पादनमा शून्य दशमलव आठ प्रतिशतले कमी आएको अन्तराष्ट्रिय मुद्रा कोषले जनाएको छ। यस ब्यापार युद्धलाई विश्व अर्थव्यवस्थाको केन्द्र परिवर्तनको सङ्केतको रुपमा पनि लिइएको छ। यसको अर्थ अब अमेरिका बाट आर्थिक शक्ति केन्द्र एसिया त्यसमा पनि चीन तर्फ स्थानान्तरण हुँदै छ। हुन पनि चिनियाँ कम्युनिस्ट पार्टीको पछिल्लो महाधिवेसनले सन् २०३५ सम्ममा चीनलाई विश्वको पहिलो अर्थतन्त्र बनाउने लक्ष्य लिएको छ।

त्यस्तै विश्व बैङ्क एडीबी लगायतको तथ्याङ्कहरूले समेत तीसकै दशकमा चिनियाँ अर्थतन्त्रले अमेरिकालाई उछिन्ने देखाएका छन्। विश्व अर्थराजनीतिको १०० वर्ष अमेरिकी नेतृत्व पछि संसार अबको नेतृत्वकर्ता चीन या फेरि अमेरिका भन्ने प्रश्न सामु छ। तर त्यो भन्दा मुख्य प्रश्न चाहिँ शक्ति स्थानान्तरणको प्रवृत्ति को हो। आज सम्मको इतिहासलाई हेर्ने हो भने विश्व अर्थराजनीतिको शक्ति स्थानान्तरण रक्तपात पूर्ण सङ्घर्ष या युद्ध बाट मात्र भएको छ। के अबको विकल्प पनि त्यही हो? कि शान्तिपूर्ण प्रकृया अबको बाटो होर? हो यो अहिलेको मुख्य अर्थराजनीतिक प्रश्न हो।

अन्तराष्ट्रिय कूटनीति एवम् अर्थतन्त्रका जानकार स्टेफन एच रोचले के जापान जसरी झुक्ला चीनरु शीर्षकको लेख लेख्दै भनेका छन्। असीको दशकमा अमेरिकाले जापानलाई सबै भन्दा ठूलो आर्थिक खतराको रुपमा चित्रण गरेको थियो। यही कारण लामो समय सम्म जापान अमेरिका व्यापार युद्ध चल्यो। अहिले समय फेरियो, पात्र फेरियो। अमेरिकाका लागि खलपात्र फेरियो, अहिले जापानको ठाँउमा चीन उभिएको छ। त्यो समय अमेरिकाले जापान माथी प्रविधि चोरी, बौद्धिक सम्पत्तिको चोरी, राज्य प्रायोजित औद्योगिक नीति अपनाएको आरोप लगाएको थियो। अहिले आएर चीनले यही आरोप खेपिरहेको छ।

स्टेफन एच रोचले भने जस्तै एउटा प्रश्न के छ भने, जापान जस्तै झुक्ला चीनरु या अबको विजेता चीन नै होर? यो प्रश्न किन पनि महत्व पूर्ण छ भने, हिजो पनि आजको चीन जस्तै उदाउदो भनिएका राष्ट्रहरु अपेक्षित आर्थिक बिकास गर्न नसकेको इतिहास हामी सग छ। ८० को दशकमा जापानलाई विश्व अर्थतन्त्रको सम्भाबित नेतृत्वकर्ताको रुपमा हेरिएको थियो। सन १९७३ ताका जापानले विश्वको कुल जिडिपिको ८ प्रतिसत सम्म आफ्नो हिस्सा पुर्याएको थियो भने ६० देखि ८० को दशकमा जापानले सबै भन्दा उच्चआर्थिक वृद्धि दर हाँसिल गरेको थियो।

तर, उसका निम्ति त्यस पछिको समय अनपेक्षित रह्यो। अमेरिका सँगको व्यापार युद्धका कारण उसको अर्थतन्त्र ओरालो लाग्यो। अन्तत जापानले हार मान्यो। परिणाम स्वरुप उसको अर्थतन्त्र ओरालो लाग्यो। अहिले आएर जापानी अर्थतन्त्रको अबस्था त हामी पनि देखिरहेका छौ। तर नब्बेको दशकमा जापानको साटो ब्राजिललाई उदाँउदो आर्थिक शक्तिको रुपमा हेरिएको थियो। ब्राजिलको उच्च आर्थिक बृदिदर र प्रत्यक्ष वैदेशिक लगानीलाइ हेरेर त्यो आँकलन गरिएको थियो। तर, त्यहाँको बढ्दो भ्रष्टाचार र राजनीतिक अस्थिरताका कारण उसले पनि खासै प्रगती गर्न सकेन। त्यसैले विश्वकै धेरै ऋण भएको राष्ट्रका रुपमा चिनिन्छ।

जापान र ब्राजिल जस्तै उत्कर्समा पुगेर चिनियाँ अर्थतन्त्र पनि ओरालो लाग्ने त होइनरु भन्ने गम्भीर प्रश्न विश्व सामु छ। अब ब्यापर युद्धको प्रबृत्तिको कुरा गरौ। कुनै समय अमेरिकाको आफ्नो आर्थिक समस्याको बलिको सिकार जापान भयो। अहिले चीन त्यही अबस्था खेपीरहेको छ। तर कतिपय बिष्लेश्क यो स्थितिमा चीन विजय नजिक छ भन्ने ठान्छ्न। त्यो किन भने हिजोको जापान जस्तो चीन अहिले एक्लो छैन। एसिया, अफ्रिका युरोप र ल्याटिन अमेरिका सम्म उसको बजार पहुँच छ। चीन, शंघाई कोऑपरेशन, ब्रिक्स बैँक, एआइआइबि जस्ता बलियो वैकल्पिक संरचना सहित छ। यस कारण व्यापार युद्धमा चीनको पल्ला भारी छ।

यो तथ्य मान्ने हो भने विश्व अर्थव्यवस्थाको केन्द्र चीन तर्फ स्थानान्तरण हुदैछ। तर आजको अहम प्रश्न, यो प्रक्रिया शान्तिपूर्ण ढङ्गले पूरा हुन्छ या बिगतमा जस्तै रक्तपात पूर्ण सङ्घर्ष र युद्ध बाट हुन्छ भन्ने होर? यसको जबाफ त्यति सजिलो पनि छैन। बिगतको शक्ति केन्द्र स्थानान्तरण रक्तपात पूर्ण सङ्घर्षबाट मात्र भएको ईतिहास हामी सामु छ। यसका लागि थोरै बिगत तर्फ फर्कौ। कुनै समय एसिया नै विश्व अर्थतन्त्रको केन्द्र थियो। सन १८०० भन्दा अगाडि विश्वको कुल गार्हस्थ्य उत्पादनको ५० प्रतिसत भन्दा बढी हिस्सा चीन र भारतको अर्थतन्त्रको हिस्सा थियो। रुस बेलायत तथा जर्मनीको कुल हिस्सा ११ प्रतिशत मात्र थियो। तर, एसियाली अर्थतन्त्रले प्रबिधिमा जोड दिन नसक्दा पश्चिम युरोप आर्थिक शक्तिको रुपमा उदायो। बेलायतबाट सुरु भएको औद्यौगिक क्रान्तिले गर्दा एसिया भन्दा युरोपमा तिब्र रुपमा आर्थिक विकास भयो। यही कारण विश्व अर्थब्यबस्थाको केन्द्र एसियाबाट युरोप त्यसमा पनि बेलायत हुन पुग्यो।

बिगतको इतिहास नै त्यस्तै छ। विश्व आर्थिक केन्द्रको स्थानान्तरण युद्ध र सङ्घर्षबाट मात्र भए। युरोप आर्थिक केन्द्र बनिरहँदा विभिन्न युद्ध र संघर्षहरु भए। ती सबै ब्यापारिक स्वार्थ र बजार बिस्तारका निम्ति भएका थिए। सन १८१२ देखि १४ मा बेलायत र अमेरिकाबीच भएको व्यापार युद्ध सन् १८३९देखि ४२ मा चीन बेलायतबीच भएको पहिलो अफिम युद्ध १८५६देखि ६० को दोस्रो अफिम युद्ध यसका उदाहरण हुन्। सन् १७०० देखि सुरु भएको औद्यौगिक क्रान्तिको नेतृत्व १८५० सम्म बेलायतले गर्यो। त्यस पछि भने युरोप भरि औद्योगिक क्रान्ति बिस्तार भयो। तर युरोप भित्र पनि सधै एउटै राष्ट्र शक्ति केन्द्रको रुपमा रहेन। त्यहाँको शक्ति अदली बदली भैइरह्यो। ब्यापारिक र औपनिवेशिक स्वार्थकै कारण युरोपले दुई विश्व युद्धको सामाना गर्नु पर्यो। साथै थुप्रै साना युद्धहरु पनि भए।

सन १८७० को फ्रान्स प्रसिया युद्धले फ्रान्सको शक्ति जर्मनी तर्फ स्थानान्तरण गरिदियो। सोही समयमा इटालीको पनि उदय भयो फ्रान्स, अस्ट्रिया र अटोमन सम्राज्यहरु कमजोर हुन पुगे। यो अबधिमा शक्ति केद्रको परिबर्तन युरोप भित्रै एउटा देशबाट अर्को देशमा भैरहेको थियो। पहिलो विश्व युद्धले भने युरोपको शक्ति सन्तुलनमा ठूलो उतारचढाब आयो। त्यसपछि जर्मनी र इटालीको शक्ति पतन भयो। फ्रान्स यथास्थितिमा रह्यो भने बेलायतले शक्ति आर्जन गर्यो। यही युद्धले समग्र युरोपको भने शक्ति हस भयो। तर सन् १९३९ मा सुरु भएको दोस्रो विश्व युद्धले भने विश्व आर्थिक केन्द्र युरोपबाट अमेरिका सारिदियो।

दोस्रो विश्वयुद्धबाट सबै भन्दा बढी लाभ अमेरिकाले लियो। पहिलो विश्व युद्ध अघि सम्म एउटा ऋणी रास्ट्रको रुपमा रहेको अमेरिका दोस्रो विश्व युद्ध पछि मास्टर प्लानको नाममा युरोपमा १३सय बिलियन डलर लगानीका साथ युरोप प्रवेश गर्न सक्ने भयो। अमेरिकी अर्थतन्त्रको हिस्सा १९५० सम्ममा विश्वको कुलग्राहस्थ्य उत्पादनको २७.३ प्रतिशत पुग्यो भने १९७५ मा ३५५ प्रतिशतं पुग्यो। यसरी एसिया हुदै बेलायतको नेतृत्व पछि अहिले सम्म विश्व अर्थव्यवस्थाको नेतृत्व अमेरिकाले गरिरहेको छ।

यहाँ चर्चा गर्न खोजिएको मुख्य विषय विश्व अर्थ राजनीतिको केन्द्र स्थानान्तरण सहज, सरल र शान्ति पूर्ण बाटोबाट भएको छैन भन्ने हो। अर्थात उदाउदो शक्ति र स्थापित शक्तिबीच अनिबार्य सङ्घर्ष भएका छन्। सजिलै कुनै देशले आफ्नो शक्ति अर्को देशलाइ हस्तान्तरण गरेको ईतिहास छैन। कुनै समय विश्व अर्थ ब्यबस्थाको केन्द्र एसिया थियो पछी बेलायत, फ्रान्स, इटाली, जर्मनी र युरोप हुँदै अमेरिका सम्म पुग्यो। बर्तमान बिश्वमा १०० वर्ष यता अमेरिकाले विश्व अर्थतन्त्रको नेतृत्व गरिरहेको छ।

तर, यो ३० को दशकमा चीनले अमेरिकी अर्थतन्त्रलाई उच्छिन्ने विभिन्न तथ्याङकहरुले देखाएको छ। अब यो निश्चित जस्तै छ कि चीनले अमेरिकालाई विश्व अर्थ राजनीतिको केन्द्रबाट बिस्थापित गर्नेछ र पुनः एसिया विश्वको आर्थिक केन्द्र बन्नेछ। तर अझै पनि हामी सामु धेरै प्रश्नहरु छन्, चीन तर्फको शक्ति स्थानान्तरण शान्तिपूर्ण प्रक्रिया मार्फत हुनेछ या बिगतमा झै रक्तपातपुर्ण सङ्घर्ष या युद्धबाट हुनेछरु यो प्रश्नको उतर उतिकै गार्हो पनि छ। किनकी अमेरिका आफुमा निहित शक्ति सजिलै कसैलाइ हस्तान्तरण गर्न चाहाँदैन।