इटालीमा एकैदिनमा ६२७ जनाको मृत्यु

काठमाडौँ। कोरोना भाइरसको सङ्क्रमणबाट इटालीमा एकैदिन थप ६२७ जनाको मृत्यु भएको छ। इटालीका अधिकारीका अनुसार मृतकको सङ्ख्यामा  एकैदिन १८४ प्रतिशत वृद्धि भएको हो।

योसँगै इटालीमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४ हजार ३२ पुगेको छ।

बिहीबारमात्रै इटालीले मृतक सङ्ख्यामा कोरोना भाइरसको उद्गमस्थल चीनमा भएको मृतक सङ्ख्यालाई उछिनेको थियो। हालसम्म इटालीमा सङ्क्रमितको सङ्ख्या ४७ हजार २१ पुगिसकेको छ।

अन्य सम्बन्धित समाचार:  कोरोना विरुद्धको खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई दिइँदै