दिल्लीमा रोकिएका २८ नेपाली आज स्वदेश फिर्दै

काठमाडौँ। कोरोना महामारी फैलिएपछि दुबईबाट घर फर्किने क्रममा विमान छुटेका कारण भारतको दिल्लीमै रोकिएका २८ नेपाली आज (शनिबार) नेपाल आइपुग्दै छन्।

कोरोना सङ्क्रमण नियन्त्रण अन्तगर्त भारतले लामो प्रक्रियाको सुरक्षा तथा स्वास्थ्य जाँच गर्ने क्रममा नेपाल उड्ने एयर इन्डियाको विमान छुटेपछि शुक्रबार ती २८ नेपाली दिल्लीमै रोकिएका हुन्।

उनीहरूलाई आज (शनिबार) बिहान काठमाडौँ ल्याउने व्यवस्था मिलाइएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  थप एकजना कोरोना संक्रमितको मृत्यु