भारतमा २५० जनलाई कोरोना सङ्क्रमण 

काठमाडौँ। भारतमा कोरोना भाइरसको सङ्क्रमण बढ्दो रुपमा देखा परेको छ। राजस्थान, मध्यप्रदेश, हिमाचल प्रदेश, गुजरात, उत्तर प्रदेश र तेलङ्गनामा ४० भन्दा बढी नयाँ सङ्क्रमित भेटिएका छन्।

भारतका २२ राज्यमा कोरोनाबाट २५० जना सङ्क्रमित भएका छन्। महाराष्ट्रमा सबैभन्दा बढी ५२ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ। यसअघि भारतका २० राज्यमा कोरोना भाइरस फैलिएको थियो। शुक्रबार बिहानसम्म भारतमा कोरोनाबाट १९५ जना सङ्क्रमित भएका थिए।

कोरोनाका कारण महाराष्ट्रका चार सहरहरु मुम्बई, पुणे, नागपुर र पिम्परी चिंचवड र छत्तिसगढको राजधानी रायपुरमा लकडाउन भएको छ। दिल्ली र उत्तर प्रदेशका सबै मलहरू बन्द गरिएका छन्। कर्फ्युको कारण आइतबार २२ घण्टा रेल सेवा देशभरि नै बन्द हुने भएको छ।

अन्य सम्बन्धित समाचार:  ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन लाख ६० हजार नाघ्यो