मनकामना केबलकार बन्द

काठमाडौँ। मनकामना मन्दिर दर्शन गर्न जाने दर्शनार्थीहरूको सहजताका लागि सञ्चालनमा ल्याएको मनकामना केबलकार सेवा आजदेखि बन्द हुने भएको छ। कोरोना भाइरस सङ्क्रमणको सजगताका लागि उक्त सेवा बन्द हुने भएको हो।

मनकामना दर्शन प्रालिले आज सूचना प्रकाशित गर्दै आजदेखि मनकामना केबलकारको सेवा बन्द गर्न लागिएको जानकारी दिएको छ।कोरोना भाइरस सङ्क्रमण रोक्न सरकारको निर्णयलाई सहयोग पुर्याउन शनिबारदेखि कम्पनीको सेवा बन्द गर्न लागिएको हो।

अब मनकामना केबलकारको सेवा चैत ३० गतेबाट मात्र सञ्चालनमा आउने भएको छ। कोरोनाको त्राससँगै पछिल्लो केही दिनयता केबलकारमा यात्रा गर्न आउने घटेका थिए।

अन्य सम्बन्धित समाचार:  देशभर थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि