आना नयाँ फिल्ममा

काठमाडौँ। नायिका आना शर्मा नयाँ फिल्ममा देखा पर्ने भएकी छिन्। अर्पण थापाको निर्देशनमा बन्न लागेको नेपाली कथानक चलचित्र ‘लिम्बो’ मा उनको भूमिका पक्का भएको हो।

मनोवैज्ञानिक जनरामा निर्माण हुन लागेको यस चलचित्रमा आनाले शीर्ष भूमिका निर्वाह गर्ने बताइएको छ। निर्देशक थापा अहिले चलचित्र ‘तीन जन्तु’को छायाङ्कन छन्। यस चलचित्रको छायाङ्कन सकिएपछि अर्पणले ‘लिम्बो’लाई समय भएको छ। चलचित्रको लागि अन्य कलाकारको छनोट हुन बाकी रहेको छ।

आना अभिनीत ‘ग्याङ्ग स्टार ब्लुज’, ‘द म्यान फ्रम काठमाडौं’ लगायत बक्स अफिसमा असफल भए। यी चलचित्रबाट आनाले खासै चर्चा कमाउन सकिनन्।

अन्य सम्बन्धित समाचार:  अनमोललाई ७५ लाख अफर गरेको फिल्मको यस्तो छ नाम!