चीनमा खुल्न थाले कोरोनाका कारण बन्द भएका हलहरू 

काठमाडौँ। कोरोना भाइरसका कारण बन्द भएका चीनका सिनेमा हलहरू सुरु हुन थालेका छन्। चीनको एक फिल्म टिकट एपका अनुसार, करिब १७ वटा हल फेरि खुलेका हुन्।

चीनबाट सुरुवात भएको कोरोना भाइरस अहिले चिनमा सुधार भएको र अरु देशमा यसको सङ्क्रमण फैलिरहेको छ। चीनमा कोरोना भाइरसको महामारी सुधारमा आए सँगै सुदूर क्षेत्रका थिएटरहरू व्यवसायमा फर्केका छन्।

विश्वभर फैलिएको कोरोनाका कारण कयौँ ठूला फिल्मको रिलिज रद्द भएको थियो। हलिउडका सबै फिल्मको रिलिज पोस्टपेड भए पछि चीनमा पुनः खुलेका फलहरूले भने पुराना फिल्म चलाइरहेका छन्।

फिल्म सङ्कटबाट बाहिर निस्कन चाइना फिल्म ब्युरोले सिनेमा हललाई केही स्क्रिनिङ अप्सन दिएको छ। ब्युरोले सिनेमा घरमा देखाउनका लागि पाँच पुराना हिट फिल्म दिँदैछ। प्रदर्शन हुने ती पाँच हिट फिल्मको कमाई हल सञ्चालकलाई नै हुनुपर्ने माग सरकारसँग राखेको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  वैशाख ७ गतेबाट कोरोनाको दोस्रो डोज खोप