कोरोनाको कारण कहाँ कतिको मृत्यु र सङ्क्रमण, पछिल्लो अवस्था के छ?

काठमाडौँ। कोभिड १९ अर्थात कोरोना भाइरसको प्रकोपबाट २ लाख ७५ हजार ९ सय ३९ जना मानिस प्रभावित भएको वल्र्ड मिटर इन्फोको पछिल्लो तथ्याङ्कले देखाँउछ।

यस भाइरसका कारण प्रभावित कूल ९१ हजार ९ सय १२ जना उपचार पछि निको भएर फर्के भने ११ हजार ३ सय ९८ जना मानिसले संसार त्यागे। विश्वभर मार्च २१ को बिहानी रेकर्डलाई आधार मान्दा १ लाख ७२ हजार ६ सय २९ जना मानिसमा कोरोनाको सङ्क्रमण छ। यिमध्ये ७ हजार ७ सय ६५ जना मानिसको अवस्था चिन्ताजनक भएको बताइन्छ। 

इटालीमा कोरोनाले थप ६ सय २७ जनाको मृत्यु भयो भने,जहाँ यस भाइरसको कारण अहिले सम्म ४ हजार ३२ जनाको मृत्यु भएको छ।चीनमा समेत यो रोग निको भएको छैन। जहाँ थप ७ जनाको ज्यान ज्यान गयो। चीनमा कूल ३ हजार २ सय ५५ जनाले यसैका कारण ज्यान गुमाए। 

त्यसैगरी उता इरानमा मर्नेको सङ्ख्या १ हजार ४ सय ३३ पुगेको छ। भने  पछिल्लो मृत्यु १ सय ४९ जनाको भयो। अमेरिकामा थप ५६ जनाको मृत्यु हुँदा त्यहाँ मर्नेको सङ्ख्या जम्मा २ सय ६३ पुगेको छ। फ्रान्समा थप ७६ जनाको मृत्यु हुँदा मर्नेको सङ्ख्या ४ सय ५० पुगेको छ। स्पेनमा २ सय ६२ जना थपिएपछि मृत्यु हुनेको सङ्ख्या १ हजार ९२ पुगेको छ। 

सबैभन्दा धेरै उपचारपछि ठीक हुनेमा चिनियाँ रहेका छन्। त्यहाँ ७१ हजार ७ सय ४० जना उपचारपछि निरोगी भएका छन्।

अन्य सम्बन्धित समाचार:  देशभर थप ९ सय जनामा कोरोना संक्रमण पुष्टि